जापानका विदेश मन्त्रीले भने-अमेरिकाकाे मजबुद नेतृत्व संवृद्ध विश्वको लागि अावश्यक

जापान । अमेरिकी विदेशीमन्त्री रेक्स टिलरसनले जापानका विदेश मन्त्री फुमियो किशिदा समक्ष जापान-अमेरिका द्धिपक्षीय सुरक्षा सम्झौताको पाचाैँ अनुच्छेद अन्तर्गत पूर्वी चिन सागरस्थित सेन्काकु टापु पनि समावेश गरिएको पुष्टि गरेका छन् । किशीदा र टिलरसनविच मंगलबार भएकाे टेलिफाेन वार्तामा सेन्काकु टापुमाथि अमेरिकी सैन्य सुरक्षाकाे विषयमा  छलफल भएकाे थियाे ।

जापान -अमेरिका द्धिपक्षीय सुरक्षा सम्झौताको पाँचौ अनुच्छेदमा आपतकालिन अवस्थामा अमेरिका जापानको सुरक्षामा खटिने उल्लेख गरिएको छ ।

पत्रकारसंगकाे कुराकानीमा  किशादाले अमेरिकाको मजवुद नेतृत्व स्थिर तथा संवृद्ध विश्वको लागि जरुरी भएको बताएका छन् ।  उनले जापान र अमेरिका द्धिपक्षीय सम्बन्ध सृदृढ बनाउन जापान सरकार निरन्तर रूपमा लागि रहने जानकारी दिएका छन ।

चिन र ताईवानले दावा गर्दै आईरहेकाे तर जापानको नियन्त्रणमा रहेकाे सेन्काकु द्धिपलार्इ अमेरिकी सैनिकले सुरक्षा दिदै अार्रइहेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?