मैटिककाे भ्रमण जापानका लागि कति लाभदायक ?

जापान ।  जापानका वरिष्ठ राजनीतिक समकक्षी मासायो नाकाजिमाले नवगठित अमेरिकी प्रशासनका सदस्य,अमेरिकी रक्षामन्त्री जिम मैटिक तथा जापानका प्रधानमन्त्री शिन्जो आवे विचको भेटवार्ताले जापान -अमेरिका सम्बन्धमा नयाँ आयाम थपेकोे बताएका छन ।

उनले डोनाल्ड ट्रम्पको अष्पष्ट रणनितीका बावजुद जिम मैटिकद्धारा जापान -अमेरिका सम्बन्धमा विशेष रुचि राख्नु जापानका लागि ठुलो उपलब्धि भएको बताएका छन ।

विशेषत, आवे र मैटिक विच जापान अमेरिका सुरक्षा सन्धि तथा पुर्वी चिन सागर स्थित सेन्कान्कु टापुमा अमेरिकी सैन्य सहयोगको विषयमाथि छलफल भएको थियो । चिन र ताईवानले दावा गर्दै आएको तर जापानको नियन्त्रणमा रहेको सेकान्कु टापुमा अमेरिकी सैनिकहरुले सुरक्षा दिदै आएका छन् ।

मैटिकले सेन्काकु टापुको बारेमा बोल्दै ट्रम्प सरकार अमेरिकी पूर्व राष्ट्रपति वाराक ओवामाको प्रशासन निती अवलम्बन गर्दै सेन्काकु टापुको मामिलामा कटिबद्ध रहने विश्वास व्यक्त गरेका छन ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जापान सरकारसमक्ष जापानमा कार्यरत अमेरिकी सैनिकको खर्च बढाउन  आग्रह गरेका थिए । तर, मैटिकले जापान एक आदर्श देश भएको बताउदै शुक्रबार आवे तथा अमेरिकी राष्ट्रपति ट्रम्प विच हुने भेटवार्तामा यस विषयमाथि छलफल गरिने बताएका थिए ।

जापानका प्रधानन्त्री आवेले  मैटिकसमक्ष जापानकाे शुरक्षा क्षमता बलियो बनाउन  अमेरिकासंग सृदृढ सम्बन्धको खाँचो रहेको बताएका थिए ।

नाकाजिमाले जापानको सुरक्षा क्षमताको गुणात्मक अभिवृद्धिका लागि जापान -अमेरिका सम्बन्ध सृदृढ हुनु पर्ने बताउदै यसका लागि  मैटिकको भेटवार्ता जापानका लागि महत्वपुर्ण उपलब्धि बनेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?