ट्रम्प–आबे गल्फ प्रतिश्पर्धाको तयारी, के चाहन्छन् ट्रम्प, के गर्लान् आबे ?

जापान । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प फ्लोरिडामा यो साताको अन्तिममा जापानी प्रधानमन्त्री सिन्जो आबेसँग गल्फमा प्रतिश्पर्धा गर्ने अन्तिम तयारीमा जुटेका छन् ।

ट्रम्पले आबे आफ्नो राजनीतिक सहकर्मी मात्र नभएर गल्फको प्रतिश्पर्धी पनि रहेको बताएको सिएनएनले जनाएको छ ।

ट्रम्पले शुक्रबार आबेलाई ह्वाइटहाउसमा स्वागतको तयारी गरेका छन् भने शनिबार आबेसँग गल्फको तयारीमा जुटीसकेका छन् । सिएनएनका अनुसार गल्फसँग दुई नेताले सँगै खाना खाने कार्यक्रम पनि रहेको छ ।
शनिबार पाम बीचस्थित गल्फ कोटमा दुई नेताहरुबीच खेल हुने भएकाले त्यहाँको सुरक्षा व्यवस्था बलियो पारिएको छ ।

ट्रम्पले जापानसँगको सम्बन्धलाई थप मजबुत पार्ने अभियान थालेका छन् । उनी राष्ट्रपतिमा निर्वाचित भएपछि तेस्रो पटक आबेसँग भेट गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?