जापानमा फेरि युवतीमाथि आक्रमण, प्रहरीले समात्यो दुई अभियुक्त

जापान । जापानको कावागुची प्रहरीले १३ वर्षै किशोरीमाथि गोली चलाएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।


कोन्जि ओजिमा र रोयोटा कावामुरा नाम गरेका दुई युवालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरु साेमबार पक्राउ परेका हुन् । उनीहरुले किशोरिको अनुहारमा पर्ने गरी आक्रमण गरेका थिए ।
शुक्रबार साढे ५ बजेतिर हिडिरहेकी उनलाई पछ्याउदै गएका ती युवाले आक्रमण गरेको जनाइएको छ ।
यती युवाहरुले युवतीमाथि आक्रमण गर्नुका कारणबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
केही समय अघि पनि जापानको ओकिनावामा यस्तै प्रकृतिको घटना भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?