जापान–म्यानमार साँस्कृतिक आदानप्रदान बढाउन सहमत, भयो संयुक्त कार्यक्रम

जापान । जापानले म्यानमारसँग साँस्कृतिक आदान प्रदान कार्यलाई बढवा दिने भएको छ ।

यांगोनमा आयोजित विशेष समारोहका विच जापान र म्यानमारबीच साँस्कृतिक आदान प्रदानलाई बढवा दिने बारे दुवै देशका संस्कृतिविदहरु सहमत भएका हुन् ।

शनिबारबाट सुरु भएको साँस्कृतिक मेलामा दुई देशका पुरातन कला, संस्कृति झल्काउने विभिध प्रस्तुती देखाइएको छ ।
जापान उद्योग वाणिज्य महासंघको आयोजनामा यो कार्यक्रम आयोजना गरिएको हो भने स्थानीय समितिहरु र केही सञ्चारमाध्यमले प्रवद्धन गरेका छन् ।
कार्यक्रममा जापानी मौलीक उत्पादनहरको प्रदर्शनी समेत गरिएको छ । कार्यक्रममा जापान तथा म्यानमारका ठुला कलाकारहरुले प्रस्तुती दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?