जापानले भन्यो–अमेरिकासँग मध्यमार्गी सम्बन्ध बन्छ, हामी झगडा गर्दैनौं

जापान । जापान सरकारले अमेरिकी नयाँ प्रशासनसँग मध्यमार्गी सम्बन्ध हुने विश्लेषण गर्दै अमेरिकालाई विश्वका अन्य शक्तिहरुसँग अमेरिकाको सम्बन्धलाई विश्लेषण गरेर मात्र आफुहरु अघि बढ्ने बताएको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै जापानी रक्षा मन्त्री रक्षा मन्त्री तोमोमी इनादाले जापानको सुरक्षा संयन्त्रलाई कसैले पनि चुनौति दिन नसक्ने अवस्थामा रहेको उल्लेख गर्दै आफुहरु अमेरिकासँग शान्तिपुर्ण मिलापको सम्बन्ध बनाउने पक्षमा रहेको बताइन् ।

उनले अमेरिकी नयाँ प्रशासनले विश्वमा तरंग ल्याउने खालका अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै जापानले अमेरिकालाई पनि मिलाएर लाने ल्याकत राख्ने बताइन् ।

शनिबार साँझ मात्र उनको अमेरिकी रक्षा मन्त्री जिम मैटिकसँगको भेटवार्ता भएको थियो । दुई नेताहरुका बीच करिब ९० मिनेट भेटवार्ता भएको थियो । अमेरिकी रक्षा मन्त्री मैटिसले जापानसँग मिलेर आफुहरुले थप समृद्धि चाहेको बताएका थिए ।
अमेरिकाले जापानका व्यापारीहरुले सञ्चालन गरेका कम्पनीहरुलाई कर बढाउने बताइरहेका बेला जापानले आफुहरु झगडाको पक्षमा नरहेको बताएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?