जापानको अर्थ व्यवस्था परिवर्तन गराउने पुर्व अर्थमन्त्री हयासीको निधन

जापान । जापानका पुर्व अर्थ मन्त्री योसिरो हयासीको निधन भएको छ । मधुमेह, श्वास प्रश्वास, पेट सम्बन्धी रोगबाट ग्रसीत ८९ वर्षीय हयासीको शुक्रबार राति निधन भएको जापान टाइम्सले जनाएको छ ।

उनले जापनको अर्थमन्त्रीको जिम्मेवारीमा रहँदा जापानको अर्थव्यवस्थालाई मजबुद बनाउने र जापानमा औद्योगिक विकासका लागि नीति नियमलाई सहजिकरण गर्न महत्वपुर्ण भुमिका खेलेका थिए ।

उनी पहिलो पटक सन् १९६९ मा जापानको तल्लो सदनमा निर्वाचित भएका थिए ।

उनलाई तत्कालीन प्रधानमन्त्री किची मियाजावाले सन् १९९२ मा अर्थमन्त्रीको जिम्मेवारी दिएका थिए ।

हयासीलाई अन्तिम श्रद्धान्जलिका लागि प्रधानमन्त्री सिन्जो आबे, जापान सरकारका उच्च अधिकारीहरु तथा पुर्व विशिष्ठहरु उनको निवास पुगेका छन् ।

शनिबार उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलिका लागि राखिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?