जापानमा कामदारलाई दिने ओभरटाईमसम्बन्धी नयाँ व्यवस्था हुँदै, श्रमिकको पक्षमा आउँदैछ नयाँ नियम

जापान । जापानको व्यवस्थापन तथा श्रम टोली कामको चाप भएका समयमा कति समय कामदारलाई ओभर टाइम काम गर्ने अनुमति दिने भन्ने विषयमा छलफलमा जुटेका छन् ।

सरकारले प्रतिमहिना १०० घण्टाको सीमा लगाएको छ । कार्यशैली सुधारका लागि सरकारी अधिकारीहरुसँगको वार्तापछि श्रमिक नेता रिकिओ कोजुले १०० घण्टाको सीमा हटाउन सुझाव दिएको बताए ।

उनले सीमालाई खारेज गर्नुपर्ने भन्दै यो पूर्ण रुपमा असंभव प्रयास भएको बताए ।

व्यवसायीहका नेताहरुले ओभरटाइममा कुनै प्रकारको नियमन आवश्यक नभएको बताएका छन् । तर सरकारले भने उत्पादनलाई निरन्तरता दिन यसको आवश्यकता रहेको बताउदै आएको छ ।

सरकरले भने प्रत्येक कामदारलाई प्रति वर्ष ७२० घण्टा , महिनाको ९० घण्टाको प्रस्ताव गरेको छ । यससस्ँगै व्यस्त रहेको समयमा प्रतिमहिना १०० घण्टासम्म ओभरटाइमको प्रस्ताव गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?