यसरी पर्दैछन् जापानको घेराबन्दीमा डोनाल्ड ट्रम्प, साथमा चीन र जर्मनी पनि

जापान । यहि फेब्रवरी १० मा जापानी प्रधानमन्त्री सिन्जो आबे अमेरिका जाँदेछन् र ११ तारिकमा फ्लोरिडास्थित एक गल्फ रिसोर्टमा अमेरिकी राष्ट्रपतिसँग वार्ता गर्दैछन् ।

यो समान्य विषय भयो, तर यहाँ गम्भिर विषय लुकेको छ । विश्व राजनीति र राजनेताहरु यतीबेला ट्रम्प विरोधी देखिएका छन् भने जापानले उनीसँगको सहकार्यलाई बलियो बनाउने बताउँदै आएको छ ।

यद्यपी ट्रम्पले जापानी कम्पनीहरुलाई बढी कर लिने बताउँदै आएको अवस्थामा यो भेटवार्ता पनि तनावपुर्ण हुन सक्ने अनुमान छ । यस बीचमा उनी अर्थात् अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जापानको घेराबन्दीमा पर्ने निश्चित प्राय छ भने साथमा जमएनी र चीन पनि हुनेछन् ।

एका तर्फ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प‘अमेरिका फस्र्ट’ भन्दै मुक्त बजार व्यवस्थाको नियन्त्रिक गर्ने भनिरहेका छन् । त अर्को तर्फ विश्वका अन्य नेता भने कारोबार तथा व्यापारका क्षेत्रमा ट्रम्पले दिएको धम्कीको सामना गर्न एकजुट भएका छन् ।

ट्रम्पले जर्मनी तथा जापान विदेशी मुद्रा विनमिय बजारलाई प्रभावित गरेर आफ्नो हितमा व्यापारका नियम बनाउन लागि परेको आरोप लगाएका थिए । यसमाथि प्रतिक्रिया जनाउँदै जापानका प्रधानमन्त्री सिन्जो आवे तथा जर्मनीका चान्सलर एन्जेला मार्केल एक ठाउँमा उभिएका छन् । यतीबेला विश्वका कयौं देशका प्रमुखहरु ट्रम्प विरुद्ध उत्रिएका छन् ।

यूरोपियन काउन्सिलमा विदेशी सम्बनधका निर्देशक मार्क लेनर्द भन्छन्, ‘ट्रम्पका साथ ठूलो टकराब हुने अवस्था आएको छ । ट्रप अमेरिका पहिलोको एजेण्डामा अगाडि बढ्नका लागि चीन तथा बाँकी देशसँग बेमतलवबका भू राजनीतिक उक्सावटमा लागेका छन् ।’

ट्रम्प कार्यालय शुरुवाती दिनबाट नै झगडा तथा विवादमा तानिएको छ । यति मात्र होइन ट्रम्पको अहिलेसम्मको काम विवादित बनेको छ । जसका कारण विश्व व्यापार तथा मुद्रामा तनाव बढेको आभास भएको छ ।

पछिल्लो समय अष्ट्रेलियाका प्रधानमन्त्रीसँगको फोन वार्ता निकै तनावपुर्ण भएको छ भने यी दुई देश बीचको सम्बन्ध नै धुमील बनिसकेको छ ।

अमेरिका बहुपक्षीय सम्झौताको सट्टा द्विपक्षीय सन्धिलाई महत्व दिएर अगाडि बढेको छ । यी कदहरुका बीच अमेरिका बाहेका शक्तिशाली राष्ट्रहरु नयाँ गठबन्धन र समीकरणको तलाशमा जुटेका छन् ।
अब जापानले लिने नीतिले पनि ट्रम्पलाई समस्या पर्न सक्छ । यदी उनले जापानी कम्पनीहरुमाथि करको दायरा बढाए भने करिब २० लाख रोजगारि गोम्ने मात्र हैन जापानी कम्पनीहरु एसिया र युरोप केन्द्रीत बन्ने छने भने तीन र जर्मनीको साथ लिएर जापान अमेरिकाको विरोधमा लाग्ने छ । र यो घेराबन्दी उनका लागि महंगो सावित हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?