चर्चित कलाकारकाे बेजाेड प्रस्तुतिका साथ जापानमा पनि मनाइदै साेनाम ल्हाेछार

जापान । विगतका वर्ष झैं यस वर्ष पनि नेपाल तामाङ समाज जापानले तामाङ लगायत वौद्ध धर्मालम्बी तथा आदिवासीहरुको महान चाड सोनाम ल्होछार २८५३ भव्यताका साथ मनाउने भएको छ ।

‘तामाङ भाषा,कला,संस्कृति र परम्पराकाे संरक्षण गरौं,२८५३ औं सोनाम ल्हाछार ज्या ल्हो भव्यताका साथ मनाऔं’ भन्ने नाराका साथ समाजले आगामी फेब्रुअरी १९ मा विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरि भव्यताका साथ ल्होछार मनाउन लागेको हो ।

समाजका सचिव हिमाल लामाले २८५२ औं टे(प्रे)ल्होलाई बिदाइ गर्दै २५५३औं ज्या ल्हो (चरा वर्ग)लाई स्वागत गर्दै सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको कामना गरी हर्षाेउल्लासका साथ सोनाम ल्होसार मनाईने जानकारि दिएका छन ।

कार्यक्रममा नेपालका चर्चित हास्यव्यङ्ग्य कलाकार बुद्धि तामाङ (हैट), चर्चीत गायक तथा संगीतकार चन्द्रकुमार दोङ, गायिका निर्मला घिसिङ को दमदार प्रस्तुतीका साथै जापानमा रहेका नेपाली कलाकारहरुको पनि बेजोड प्रस्तुती रहने भएको छ ।

टोकियो स्थित इता इताबासी कुमिङ सेन्टर हलमा आयोजना हुन लागेको सांस्कृतिक कार्यक्रममा टोकियो लगायत जापानभर रहेका सम्पुर्ण तामाङ तथा अन्य जातजातिका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको सहभागिताका लागि आयोजक कमिटीले हार्दिक आग्रह गरेको छ ।

प्रत्येक वर्ष एक एक वटा जनावरको गणना गर्दै १२ वर्षमा १२ वटा जनावरको चक्र फेरिने गर्दछ । ल्हो अथवा वर्ग फेरिनुलाई तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने प्रचलन छ । यो वर्ष बाँदर वर्गलाई विदाइ गरी चरा वा ज्या वर्गलाई स्वागत गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?