काठमाण्डाैं र पाेखरामा जापानी चलचित्र प्रदर्शन गरिने

जापान । जापानी दुतावासले नेपाली समुदायमा जापानी कला,संस्कृती तथा सभ्यताबारे जानकार गराउने उदेश्यले  नेपालको काठमाडौं तथा पोखरामा जापानी चलचित्र प्रदर्शन गर्ने भएकाे छ ।  

जापानी दुतावासले जाल्टानको सहकार्यमा चलचित्र प्रदर्शन गर्न लागेको हो । जापानी चलचित्र फेब्रुअरी ३ र ४ तारिखका दिन पोखराको उद्योग वाणिज्य संघको हलमा तथा फेब्रुअरी १०र ११ तारिखका दिन काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लवमा प्रदर्शन हुने भएको छ ।

दुतावासले चलचित्र अङग्रेजी भाषामा समेत अनुवाद गरेको तथा पोखरामा चलचित्र हेर्न पहिला आउने दर्शकलाई निःशुल्क प्रवेश गराईने जानकारी दिएको छ ।

सो महोत्सवबाट नेपाली जनताले जापानी कला तथा संस्कृतीविच परिचित हुने मौका पाउनुका साथै नेपाल र जापानको सम्बन्ध थप प्रगाढ बन्ने विश्वास लिईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?