मौद्रिक सरलीकरण प्रक्रिया परिवर्तन गर्ने बैंक अफ जापानको निर्णय, यसबाट के हुन्छ फाइदा ?

टोकियो । जापानको केन्द्रीय बैंकको नीति निर्धारण समितिले विस्तृत मौद्रिक सरलीकरण प्रक्रिया परिवर्तन गर्ने भएको छ । यो गर्नुको पछाडिका कारण भनेको दुई प्रतिशत मुद्रा स्फ्रित हालिस गर्नु हो ।

मंगलबार सम्पन्न दुई दिने बैठकले मौद्रिक सरलीकरण प्रक्रिया परिवर्तन गर्ने निर्णय गरेको बैकले जनाएको छ ।
बैंक अफ जापानले तत्कालीन र दिर्घकालिन व्याज दरमा नियन्त्रण राख्नका लागि एक द्धार प्रणालीलाई महत्व दिने भएको हो । यो प्रणाली गत वर्षको सेप्टेम्बरबाट सुरु भएको थियो ।
तरलता अभाव हुन नदिन र लगानीलाई समानान्तर रुपमा सञ्चालन गर्नका लागि दुई दिने बैठक फलदायी हुने बैंकले मंगलबार साँझ जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
केन्द्रीय बैंकले ल्याउने नयाँ नीति जापानका सबै बैंकहरुले पालना गर्नुपर्ने छ भने संचय कर्ता र ऋणीहरुले पाउने र तिर्ने व्याजदरमा समान अन्तर हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?