जापानमा रहेका अमेरिकी नागरिकद्वारा ट्रम्पकाे अादेश प्रति कडा विराेध

जापान । जापानमा रहेका अमेरिकी नागरिकहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाे आप्रवासी विरुद्धको आदेशप्रति विरोध जनाउदै जापानको टोकियो स्थित अमेरिकी दुतावास अगाडी एक  र्याली निकालेका छन ।

“No Muslim ban”,”Immigrants make America great” तथा “Build bridges not walls” जस्ता नारा लेखिएका व्यानर सहित करिब ३० अमेरिकी नागरिकले अमेरिकी दुतावास अगाडी विरोध र्याली निकालेका हुन ।

उनिहरुले ट्रम्प समक्ष शरणार्थीको प्रवेश विरुद्ध गरिएको कार्यकारी आदेश फिर्ता लिन आग्रह गरेका छन ।

साथै र्यालीमा सहभागी भएका अमेरिकी नागरिकहरुले पश्चिमी एशिया तथा अफ्रिकाका सात देशका नागरिकमाथि अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध फिर्ता लिन अाग्रह गरेका छन ।

विरोध र्यालीमा सहभागी अमेरिकी नागरिकहरुले राष्ट्रपति ट्रम्पले आप्रवासी तथा शरणार्थी विरुद्ध  लिएकाे कदम मानव अधिकार विरुद्ध भएकाे बताउदै  संयुत्त राज्य अमेरिकाका लागि याे घाेषणा लाभदायक नहुने जिकिर गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?