शरणार्थी समस्या निराकरण गर्न अावेले ल्याए यस्ताे याेजना

जापान । जापानका प्रधानमन्त्री शिन्जो आवेले शरणार्थी समस्यालाई निराकरण गर्न अन्तराष्ट्रिय समुदायसंग मिलेर काम गर्ने प्रतिवद्वता  व्यक्त गरेका छन।

केहि दिन अघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  एशिया तथा अफ्रिकाका ७ देशका नागरिकमाथि अमेरिका प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाउने घाेषणा गरेका थिए ।

यसै क्रममा आबेले अन्तराष्ट्रिय रुपमा बढिरहेको शरणार्थी समस्यालाई निराकरण गर्न शरणार्थी समस्या सिर्जना गर्ने परिस्थितीलाई विश्वव्यापी रुपमा नै निर्मुल पार्नु पर्ने विचार व्यक्त गरेका छन ।

साथै उनले शरणार्थी समस्याको समाधानका लागि  जापानले महत्वपुर्ण भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?