जापान एयरलाइन्सले अब यी सात देशका नागरिकलाई यात्रा गर्न नदिने

जापान । जापान सरकारको स्वामित्वमा रहेको जापान एयरलाइन्सले विभिन्न सात देशका नागरिकहरुलाई टिकट नबेच्ने भएको छ ।

तर, यो संयुक्त राज्य अमेरिकाको उडानका लागि मात्र लागु हुने छ र प्रस्थान गर्नुअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिवन्ध लगाएका देशका यात्रुहरुको चेक जाँचमा एयरलाइन्सले कडाई थालेको छ ।
एयरलाइन्सले सोमबार विज्ञप्ती जारी गर्दै अमेरिकाको एयरपोर्टबाट फिर्ता हुनुभन्दा उडान स्थलबाटै चेकजाँच गर्नु उत्तम हुने बताएको छ ।

एयरलाइन्सले अमेरिका उडानका क्रममा ति देशका नागरिकहरुले टिकट काटेको पाइए उनीहरुको टिकट रद्द गरिने पनि जनाएको छ ।

अमेरिकाले इराक, सिरिया, इरान, सुडान, लीबिया, सोमालिया र यमनका मुसलमानहरुलाई अमेरिका प्रवेशमा रोक लगाएको छ ।

जापानबाट अमेरिका प्रस्थान गर्नुअघि ति देशका नागरिकहरुको पासवर्ट र टिकट जाँचका लागि दोस्रो सव वेमा व्यवस्था गरिएको विज्ञप्तीमा उल्लेख छ ।

अमेरिकाको नीति बदलिए, नबदलिएको जाँच बुझ गरेर मात्र ति देशका नागरिकहरुलाई टिकट दिइने पनि विमान कम्पनीले प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?