जापानबासीका लागि खुसीको खबर, ५२९ रेल क्रसिङ वे बन्ने, यस्तोछ मन्त्रालयको निर्देशन

जापान । जापानको भूमी, पूर्वाधार तथा यातायात मन्त्रालयले सन् २०२० सम्म ५२९ रेलक्रसिङ बाटोहरुको सुधार र विस्तारको निर्देशन दिएको छ ।
मन्त्रालयले साेमबार रेल कम्पनी र स्थानीय सरकारलाई स्तरवृद्धिको आदेश दिएको हो ।
रेल कम्पनी तथा स्टेशनमा उजुरी गर्दा समेत वेवास्ता गरेका कारण निर्देशन दिनुपरेको मन्त्रालयले जनाएको छ । उसले आइची प्रान्तमा ६९, टोकियोमा ५८ तथा कानागावामा ५३ क्रसिङ स्थान निर्माण र सुधारको निर्देशन दिएको छ ।
मन्त्रालयले एक स्थानबाट रेलको लिक पार गर्न बनेको क्रसिङको दूरी टाढा भएका कारण थप तथा सुधारको आवस्यक रहेको बताएको हो ।

अत्याधिक चाप भएको समयमा सिनागावाबाट टोकियो पुग्ने क्रसिङमा पुग्न ४० मिनेट लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?