श्रेष्ठको अध्यक्षतामा बीपी चिन्तन तथा गणेशमान फाउण्डेसन स्थापना, जापानी नागरिक समेत कार्यसमितिमा

जापान । जापानको टोकियोमा बीपी चिन्तन तथा गणेशमान फाउण्डेसनको स्थापना भएको छ । फाउण्डेसनमा जापानमा रहेका नेपालीहरु तथा जापानी नागरिकहरु आवद्ध भएका छन् ।

आइतबार भएको भेलाले बलराम श्रेष्ठको अध्यक्षता मा ३७ सदस्यीय समिति गठन गरेको छ । संस्थाले नेपाल र जापानमा शान्ति ,सुसंस्कृत ,संस्कारमय नैतिकवान समाज निर्माणका लागि पहल गर्ने छ ।

हाल बिश्वमा भइरहेको अधिकतम विकासको मूलभुत जानकारीहरुको अध्यन ,अध्यापन ,सोध ,सेमीनार , पाठ्यक्रम तयार गरि बिश्व समाजलाइ मानब कल्याणकारीको पथ तिर अग्रसर गर्न फाउण्डेसनले पहल गर्ने छ ।

बलराम श्रेष्ठ अध्यक्षतामा गठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा राजन प्रधानाङ्ग रहेका छन् । यस्तै उपाध्यक्षहरुमा जापानी नागरिक आकेमी मिजुबा र नेपालका नारायण सुबेदी रहेका छन् ।

सचिवमा जापानी नागरिक इमुरा हिरोको रहेका छन् भने सह–सचिबमा डा.मनोहर लाल श्रेष्ठ , कोषध्यक्षमा सुजन जोशी रहेका छन् ।

यस्तै कार्यसमिति सदस्यहरुमा डा .सन्दिप शाक्य, डा .सन्तोष श्रेष्ठ, योसिफुमी नीन्, बिनोद शेरचन, इन्दिरा सुजुकी, आकेमी उचिदा, लक्ष्मन श्रेष्ठ, कृष्ण भण्डारी, केदार श्रेष्ठ रहेका छन् ।

यस्तै रुमी शाक्य, इश्वर जोशी, बिष्णु पाण्डे, अमर केसी, उतम प्रधान, गंगा शाही, यम कुमार बुढाथोकी, हंसराज राउत, सम्भु श्रेष्ठ, ऋद्धिबहादुर तुम्बाहाम्फे, मिना श्रेष्ठ, बिनी तामाङ, बिनोद भट्टराइ, गीता प्रधान, रोशन केसी, पदम प्रसाद चापागाई, बिष्णु अर्याल, रामकृष्ण बम मल्ल, नबराज थापा, रेसम डंगोल, आनन्द बहादुर क्षेत्री र भेष नारायण श्रेष्ठ रहेका छन् ।

फाउण्डेसनले बलराम श्रेष्ठकै संयोजकत्वमा कार्यसम्पादन समिति पनि गठन गरेको छ । समितिका सदस्यहरुमा राजन प्रधानाङ्ग, आकेमी मिजुबा, नारायण सुबेदी, डा .मनोहर लाल श्रेष्ठ, इमुरा हिरोको, सुजन जोशी, भेष नारायण श्रेष्ठ, इन्दिरा सुजुकी, डा.सन्दिप शाक्य र –बिनोक शेरचन रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?