जापानको परमाणु हतियारमा अमेरिकाको रुचि, १६ थरि हतियार किन्न आबेसँग छलफल गर्ने

वासिंटन । अमेरिकाको रक्षा विभागले जापानकोले बनाएको परमाणु सुरक्षाका लागि आवश्यक केही उपकरणमा रुची भएको जनाएको छ ।

जसमध्ये परमाणु सुरक्षा कवर, व्याट्री, फोटोउपकरणसहितका सैन्य सामाग्री सहित १६ उपकरणमा गहिरो रुची रहेको जनाएको हो ।
अमेरिकी रक्षा मन्त्रालयका एक उच्च अधिकारीले सैन्य उपयोग परमाणु सुरक्षाका लागि जापानको कम्पनीहरुसँग सहकार्य गर्न सकिने बताएका छन् ।
ट्रम्प प्रशासनका एक उच्च अधिकारीका रुपमा कार्यरत ती अधिकारीले जापानको क्योदोको परमाणु क्षमतालाई आफुहरुले पनि सम्मान गर्ने र त्यहाँको उपकरणहरु किन्नका लागि अमेरिका तयार रहेको बताएका हुन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सन् १९८० पछि पहिलो पटक यो विषयमा चासो राखेको हो ।
रक्षा मन्त्रालय जापानका प्रधानमन्त्री सिन्जो आबेले निकट भविष्यमा नै अमेरिकाको भ्रमण गर्ने र उक्त भ्रमणका क्रममा यो बारेमा ठोस छलफल हुने बताएका छन् ।

उनले जापानी प्रधानमन्त्रीसँग सहमति लिदै अघि बढ्न अमेरिका तयार भएको पनि बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?