जापानमा एक युवाले गरे पुर्व पत्नीको हत्या पछि आत्महत्या

जापान । जापानको नागासाकीमा एक महिलाको हत्या भएको छ । मृतक महिलाको नाम, थर र ठेगाना गोप्य राखिएको प्रहरीले जनाएको छ ।

जापानको फुजी टिभीले भने ती महिलाको उमेर २८ वर्ष भएको र उनकै ३० वर्षीय पुर्व पतिले हत्या गरेको जनाएको छ ।

उनलाई आफ्नै कारको ड्राइभिङ सिटमा बसिरहेको अवस्थामा पेटमा छुरा हानेर कार लग गरि पुर्व पति भागेको र आफु पनि घारमा गएर आत्महत्या गरेको समाचारमा जनाइएको छ । कारमा छुरा समेत फेलापरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?