जापानमा खत्रीले झुण्डिएर गरे आत्महत्या

जापान । जापानको योकोहामा शहर नजिक एक नेपाली युवाले झुण्डिएर आत्महत्या गरेका छन । कुक भिसामा जापान आएका ३३ वर्षीय संजय खत्रीले आइतवार आफ्नै कोठामा १ बजेको आसपासमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

अमरपुरी ८ नवलपरासीका खत्रीले खानागावा केनको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकै रहेको कोठामा झुण्डिएर आत्महत्या गरेको हुन् । खत्रीले आत्महत्या के कति कारणले गरेका हुन त्यो भने खुलेको छैन ।

खत्री केहि समय देखि मानसिक तनावमा रहेको पारिवारिक स्रोतले जनाएको छ । श्रीमती र ३ वर्षीय छोरा नेपाल घर रहेकाले पारिवारिक भेटघाट गर्नका लागि खत्रीको भोलि सोमवार नेपाल फर्कने टिकट रहेको बुझिन आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?