जापानमा विदेशी कामदारको संख्या एक लाख नाध्यो, अब फेरि बढाईंदैछ विदेशी कामदार

जापान । जापानमा विदेशी कामदारको संख्या पहिलो पटक एक लाख पार भएको छ । पर्याप्त जापानी कामदारको अभावमा श्रम संकटबाट गुज्रीरहेको जापानका लागि यो खुसीको कुरा भएको छ ।

जापानको श्रम मन्त्रालयको आँकडा अनुसार एक लाख भन्दा धेरै कामदार चीन भियतनाम नेपाल लगायका देशबाट आएकाहरु रहेका छन् भने उनीहरु अक्टोबरबाट काममा रहेका श्रम मन्त्रालयले जनाएको छ ।

यो संख्या गत चार वर्षको भन्दा २० प्रतिशत बढी हो ।

यो आकडाले जापानको अनिच्छाका बाबजुदपनि जापानीज कामदारको अभावमा विदेशी कामदारको संख्यामा बृद्धि भएको छ ।

जापानले सन् १९९१ पछि सवैभन्दा खराब श्रमको सामना गरिरहको छ । जसका कारण अन्तर्राष्ट्रिय मुद्रा कोषले आर्थिक बृद्धिका लागि धेरै विदेशी कामदार स्विकार गर्न जापानलाई भनेको छ ।

जापान सरकारले पनि सोहै अनुसार नीति तर्जुमा गरिरहेकाले विदेशी कामदारको संख्या अझै बढ्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?