जापानमा ह्वात्तै बढ्याे विदेशी कामदारकाे संख्या

जापान । जापानको श्रम मंत्रालयले गरेको एक सर्वेक्षणले २०१६ मा जापानी कम्पनीमा कार्यरत विदेशी कामदारको संख्या दश लाख भन्दा माथि पुगेको तथ्याङ्क निकालेको छ ।

मन्त्रालयले विदेशी कामदारको संख्या पत्ता लगाउने उदेश्यले जापानभर संचालनमा रहेका कम्पनीहरुबाट जानकारी संकलन गरेको थियो ।

मन्त्रालयले २०१६ को अक्टोम्बरमा जापानी कम्पनिमा कार्यरत विदेशी कामरदारको संख्या करिब १० लाख ८० हजारको बराबरीमा रहेको तथ्याङ्क निकालेको छ ।

जुन अघिल्लो वर्षको संख्या भन्दा १९.४ प्रतिशतले  बढि हाे। जापानमा कार्यरत विदेशी कामदारको कुल संख्याको ३० प्रतिशत अर्थात ३ लाख ४४ हजार ६ सय ५८ चीनीयाँ कामदारले जापानी कम्पनिमा काम गरिरहेका छन ।

त्यस्तै जापानमा १ लाख ७२ हजार १८  भियतनामी तथा १ लाख २७ हजार ५ सय १८ जना फिलिपिन्सका नागरिकहरु कार्यरत रहेका छन ।

यस तथ्याङ्कको आधारमा हेर्दा नेपाल लगायत विश्वभरका देशहरुबाट अध्ययन,पेशा तथा व्यवसायको शिलशिलामा जापान भित्रिने नागरिकको संख्या दिनानुदिन बढ्दै गईरहेको छ ।

श्रम मन्त्रालयले जापानभर संचालनमा रहेका कम्पनिहरुको व्ययसाय विस्तारका लागि अनुभवि तथा दक्ष विदेशी कामदार,पार्टटाईम वर्कर तथा अन्तराष्ट्रिय विद्यार्थीहरुको आवश्यक रहेकाे जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?