अमेरिकामा जापानी उत्पादन रोक्ने ट्रम्पको घोषणापछि आबे अमेरिका जाँदै, फेब्रवरी १० मा हुनेछ यस्तो वार्ता

जापान । जापानी प्रधानमन्त्री सिन्जो आबेले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग फेब्रवरी १० तारिखमा वासिंटनमा भेटवार्त गर्ने भएका छन् ।

जापानी तथा अमेरिकी कार्यकारी प्रमुखहरुका बीच भेटवार्ता हुनेबारे दुवै देशका उच्च अधिकारीहरुले बताएका हुन् ।

सिएनएनका अनुसार आबेले टिपीपी सम्झौताबाट बाहिरिने ट्रम्पको घोषणालाई पुनःविचार गर्न आग्रह गर्ने तयारी गरेका छन् ।

दुई दिन अघि मात्र अमेरिका उक्त सम्झौताबाट बाहिरिने घोषणा भएको थियो । उक्त सम्झौतामा १२ देश सामेल छन् ।

दुई नेताहरुका बीचमा जापानी उत्पादनमाथि अमेरिकाले लगाउन लागेको करको दायराबारे पनि छलफल हुने छ ।

ट्रम्पले जापानी उत्पादनले अमेरिकी श्रमीकहरुलाई समस्या पारेकाले कर बढाइने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?