दक्षिण काेरियाका गभर्नरले ताकेशिमाकाे भ्रमण गरेकाे भन्दै जापानद्वारा विराेध

जापान । जापान सरकारले दक्षिण कोरियाका गभर्नर किम ग्वान योन्गले जापानको सामुद्रिक तटमा अवस्थित ताकेशिमा द्धिपको भ्रमण गरेको बन्दै विरोध जनाएकाे छ ।

कोरियाली गभर्नरले बुधबार  विहान टापुकाे भ्रमण गरेका थिए ।दक्षिण कोरियाको नियन्त्रणमा रहेको ताकेशिमा द्विपलार्इ जापानले दावा गर्दै आएको छ ।

दक्षिण कोरियाले भने गभर्नरको भ्रमण अनुचित नभएको बताउदै भ्रमणको गलत अर्थ नलगाउन जापान सरकारलाई आग्रह गरेको छ ।

जापानका विदेशमन्त्री फुमियो किशिदाले दक्षिण कोरियामा २०१८ मा आयोजना हुनलागेकाे  प्योन्गचान्ग ओलिम्पिक खेलको आधिकारीक वेवसाईटमा ताकेशिमा द्धिपको बारेमा उल्लेख गरेको भन्दै विरोध जनाएका थिए।

किशिदाले दक्षिण कोरियाले ओलम्पिक खेलको घोषण पत्र विरद्ध गई राजनितिक विषयमा खेलको प्रयोग गरिएको भन्दै विरोध जनाएका हुन ।

भ्रमणको विरोधमा जापान सरकारले जापान स्थित कोरियाली दुतावासमा खवरदारी गर्दै पुन यस प्रकारको कार्य नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?