जापानको मियाजाकीमा बर्डफ्लुको आशंकामा एकै दिन एक लाख ६८ हजार कुखुरा नष्ट

जापान । मियाजाकीको स्थानीय सरकारले बर्ड फ्लुका कारण एक लाख ६८ हजार कुखुरा नष्ट गरिएको जनाएको छ ।

मियाजाकी प्रान्तस्थित एक पोल्ट्री फर्ममा यती धेरै संख्यामा कुखुरा नष्ट गरिएको हो ।

बुधबार मात्रै स्थानीय सरकारले बर्ड फ्लु रोक्नका लागि भन्दै अपरेशन चलाएको हो । यो पछिल्लो दुई महिना यताकै सबैभन्दा धेरै परिणाममा कुखुरा नष्ट गरिएको हो ।

मंगलबार मात्र उक्त स्थानको एक फर्ममा मृत कुखुरा भेटिएको थियो ।

स्थानीय सरकारले उक्त कुखुरा परिक्षण गर्दा संक्रमित भेटिएको थियो । अघिल्लो महिना सम्म स्थानीय सरकारले करिब एक लाख २० हजार कुराखा नष्ट पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?