‘कन्फर्ट वुमन’को विवाद सुल्झाउन निक्कै समय लाग्ने

जापान । दक्षिण कोरियाका प्रधानमन्त्री ह्वांग क्यो वानले ‘कम्फर्ट वुमन’ संग सम्बन्धित जापानसंगको विवाद सुल्झाउन निक्कै समय लाग्ने बताएका छन।

जापान सरकारले कम्फर्ट वुमनको मुर्ति कोरियास्थित जापानी महावाणिज्य दुतावास अगाडी राख्ने कोरियाली कदमविरुद्ध व्यापक विरोध गरिरहेको छ ।

दक्षिण कोरियाको नियन्त्रणमा रहेको तर जापानले दावा गर्दै आएको ताकेशिमा द्धिपका एक गुटद्धारा  यस प्रकारका  मुर्ति स्थापित गर्ने तयारी गरिरहेका छन।

दक्षिण कोरियाका प्रधानमन्त्री तथा कार्यवाहक राष्ट्रपति क्यो आनले कोरियाली सरकारले आम नागरिकको यस गतिविधिमाथि हस्तक्षेप गर्न नसक्ने बताएका छन ।

साथै उनले जापान- दक्षिण कोरिया द्धिपक्षीय सम्बन्ध विस्तारका लागि यथासक्य चाँडो विवाद सुल्झाउने बताएका छन ।उनले जापान -दक्षिण कोरिया विवादास्पद कम्फर्ट वुमनको मुद्धा सल्झाउन निक्कै समय लाग्ने  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?