ट्रम्पको त्यो हस्ताक्षर, जस्ले जापानसँग विवाद उत्कर्षमा पुग्न सक्छ, यस्तो छ जापानी प्रतिक्रिया

जापान । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो निर्णयले जापानसँगको समबन्धमा उतार चढाव आउने देखिएको छ ।

त्यसो त राष्ट्रपतिमा निर्वाचित भए लगत्तै जापानले नै ट्रम्पलाई पहिलो शुभकामना दिएको थियो भने जापानी प्रधानमन्त्री सिन्जो आबे उनलाई भेट्ने पहिलो अन्तर्राष्ट्रिय नेता थिए ।
ट्रम्पका विवादीत अभिव्यक्तिहरुको कारण विश्वमा तरंग पैदा भैरहेका बेला अमेरिकालाई ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपिपी) सम्झौताबाट बाहिर निस्कने घोषणालाई लिएर फेरि विश्व तरंगीत भएको छ ।
ट्रम्पको यो जापान सबैभन्दा बढी सशंकति देखिएको छ । निर्णयले जापानी प्रधानमन्त्री सिन्जो आबेको पटक पटकको आग्रह विपरित ट्रम्पले टिपिपी बाट बाहिरिने पत्रमा हस्ताक्षर गरेका छन् ।

अब यी दुई देशका बीच सम्बन्धलाई लिएर नयाँ टिप्पणी सुरु भएको छ ।
ट्रम्पले कार्यभार सम्हाले लगतै टिपिपीलाई निस्क्रिय पार्ने सम्बन्धी निर्देशन पत्रमा हस्ताक्षर गरेका हुन् ।

टिपिपीमा १२ देश सहभागी थिए । जापान, मलेसिया, अस्ट्रेलिया, न्युजिल्याण्ड, क्यानडा तथा मेक्सिकोसहितका देशसँग आर्थिक सहकार्य बढाउने उद्देश्यले ओबामाले टिपिपी सम्झौता गरेका थिए ।

जापानले यो सम्झौतालाई आफ्नो प्रतिष्ठाको विषय बनाउँदै आएको छ । ट्रम्पको यो निर्णय पछि जापान सरकारले भावि रणनीति बनाउन थालजेको समाचार विविसीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?