अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घाटनलाई सुगाद्धारा स्वागत

जापान । जापानका प्रमुख क्याबिनेट सचिव योशिहिदे सुगाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समुद्घाटलाई स्वागत गर्दै यशासक्य चाँडो जापानका प्रधानमन्त्री शिन्जो आवे तथा अमेरिकी राष्ट्रपति ट्रम्पविच भेटवार्ताको वातावरण तयार पार्ने जानकारी दिएका छन ।

साेमबार पत्रकारसंगकाे कुराकानीमा उनले जापान सरकारले जापान अमेरिका सम्बन्ध सृदृढ बनाउन चाहेको बताएका छन ।

सुगाले टीपीपी सम्झौताबाट अमेरिकालाई हटाउने ट्रम्पको घोषणाबारे बताउदै जापान अमेरिकालाई मुक्त व्यापार सम्झौताको समर्थनमा उभ्याउन हर प्रयास गर्ने बताएका छन ।

उनले अमेरिकाको उपस्थिती विनानै जापान टीपीपी सम्झौताको विस्तारका लागि सक्रिय रुपमा लाग्ने बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?