यी हुन् साढे ६ करोडमा एउटै माछा किन्ने जापानी व्यापारी, यस्तो छ उनको प्रचलन

जापान । एउटा माछाको मूल्य सुन्नु भयो भने तपाईं छक्क मात्रै पर्नु हुन्न समाचारको विश्वसनियतामा नै शंका गर्नुहुन्छ ।
एउटा माछाको मूल्य ६ करोड पर्छ भन्ने थाहा पाउनु भयो भने तपाईले विश्वास गर्नु हुन्छ त ? नगरेर पनि भएन, जापानमा एउटा माछा झण्डै साढे ६ करोड रुपैयामा किनबेच भएको छ र क्योशी किमोरा नामका व्यापारीले किनेका छन् ।

उनले हरेक वर्ष महंगो मुल्यमा माछा किन्ने गरेका छन् । उनको यो प्रचलन नै भैसकेको छ । उक्त माछाको तौल २१० किलो रहेको थियो ।

टूना फिस प्रजातिको उक्त माछालाई टूना किंग नामले चर्चामा रहेका क्योशी किमूराले किनेका हुन् ।
जापानमा हरेक आयोजना हुँदै आएको माछा लिलामीमा उक्त टूना माछा सबैभन्दा महंगो मूल्यमा लिलाम भएको हो । किमारो एक रेष्टुरेन्टका मालीक हुन् । उनले हरेक वर्ष टूना माछाको लिलामीमा भाग लिन्छन् ।

उनले सन् यसअघि सन् २०१३ मा टूना माछा १५ करोडमा खरिद गरेका थिए । उनले महंगोमा माछा किन्नुका कारण भने आफु र आफ्नो रेष्टुरेण्टलाई चर्चित बनाउनु हो ।

साथै उनले टुना माछाको स्पेसल परिकार बनाउनका लागि यो माछा महंगोमा किनेका हुन् । उनको रेष्टुरेण्ट जापानकै सबैभन्दा चल्तीको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?