जापान आएका एमाले उपमहासचिव पौडेलले दिए यस्तो निर्देशन

जापान स्थित नेकपा(एमाले)को भातृ संगठन प्रवासी नेपाली मन्च जापानले आन्तरीक प्रशिक्षण तथा रात्रीभोज कार्यक्रमक सम्पन्न गरेको छ ।

२०१७ जनवरी १९ तारीखमा टोकियोमा सम्पन्न कार्यक्रममा नेकपा एमालेका उप महासचिव विष्णु पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।

पौडेलले राष्ट्रियता र जनजीविकाको सवालमा पार्टीले अख्तियार गरेको नीतिमा कुनै परिवर्तन नहुने बताए । उनले कुनै हालतमा संविधान संशोधन विधेयक पारित नहुने र आफुहरु तराई मधेसमा जागरण अभियानको तयारीमा रहेको जानकारी दिए ।

उपमहासचिव पौडेलले पार्टीको नीति र सिद्धान्त अनुसार अघि बढ्न पनि कार्यकर्तालाई निर्देशन दिए ।

प्रवासी मञ्च जापानका अध्यक्ष महेन्द्र श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा(एमाले) केन्द्रीय कमिटी सदस्य, परराष्ट्रविद एवं सांसद डा राजन भट्टराई, एमाले केन्द्रीय सदस्य लिला गिरी, प्रवासी नेपाली मन्च जापानकी पूर्ब अध्यक्ष सिर्जना काफ्ले, नेकपा(एमाले) रूपन्देहीकी महीला नेतृ सपना पौड्यालको सहभागिता थियो ।

प्रशिक्षणका क्रममा डा. राजन भट्टराईले प्रवासमा रहेका भातृ संगठनहरुको अवस्था ,मुलुकको परराष्ट्र नीति, सम्बन्धी सुगौली सन्धीदेखी हाल सम्म देखीएका घट्नाक्रमको बारेमा जानकारी दिएका थिए ।
मन्चका उपाध्यक्ष मोहनसिंह रायमाझीले आगन्तुकहरुको स्वागत गरेका थिए भने कार्यक्रम संचालन मन्चका महासचिव सुरेश के.सीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?