राष्ट्रपति पदको शपथ लिए लगत्तै जापानी प्रधानमन्त्री आवेद्वारा ट्रम्पलाई शुभकामना

जापान । जापानी प्रधानमन्त्री शिन्जो आवेले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विधिवत राष्ट्रपति पदभार ग्रहण गरे लगत्तै बाधाई तथा शुभकामना सन्देश पठाएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार पद तथा गोपनीयताको शपथ लिए लगत्तै आवेले शुभकामना सन्देश पठाएका  छन् ।
पछिल्लो नोभेम्बर महिनामा ट्रम्पसंग भएको भेटवार्ता लाई सम्झदै आवेले उनि अमेरिकाको लागि उनि ट्रम्प कुशल राजनैतिक नेता भएको बताएका छन् ।

एशिया प्यासिफिक क्षेत्र लगायत अन्तराष्ट्रिय क्षेत्रमा शान्ति र समृद्दी स्थापना गर्न आफुले ट्रम्पसंग मिलेर काम गर्ने बताएका छन् ।

अमेरिका र जापानको सहकार्यले स्वतन्त्रता, प्रजातन्त्र, मानवअधिकार तथा कानुनि शासनको लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने आवेको विश्वास रहेको छ ।

विश्व तथा साउथ एशिया क्षेत्रमा देखिएका र भविष्यमा देखिन सक्ने समस्याहरुको समाधानको लागि आवेले ट्रम्पसंग छिट्टै भेटवार्ता गर्ने समेत बताएका छन् ।

शुक्रबार राति एक भब्य समहोरहबीच ट्रम्पले प्रधानन्यायाधीश जोन रोबर्टबाट ४५ औं अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?