जापानमा वेपत्ता भएकी सविनाकाे खाेजी गरिदिन परिवारद्वारा अाग्रह

जापान । आठ वर्ष अगाडी अध्ययनको क्रममा जापान पुगेकी सविना महर्जनको खोजिका लागि उनकी दिदी विना महर्जनले जापानवासी नेपाली तथा जापान स्थित नेपाली दुतावास समक्ष सार्वजनिक रुपमा नै अपिल गरेकी छिन ।

सविनाकी दिदी विना महर्जनले जापान जस्तो  विकसित देशमा आठ वर्षदेखि हराइर्रहेकाे मानिसबारे कुनै कुरा बाहिर नआउनु आश्चर्यको कुरा भएको बताएकी छिन ।

उनले जापान स्थित नेपाली दुतावास तथा जापान वासी नेपालीहरुलाई सविनाको खोजीमा लागिदिन आग्रह गरेकी छिन ।

साथै उनको परिवारले जापानमा रहेको नेपाली दुतावास तथा अन्य निकायलाई सविनाको खोजीका लागि पहल गरिरहदा पनि कुनै  प्रभावकारी रुपमा काम नभएको भन्दै असन्तुष्टि जनाएका छन ।

विनाले सविनाको बारेमा जापानी प्रहरीलाई सोध्दा खोजी कार्य भैरहेको बताउने गरेको जानकारी दिएकी छिन ।

यसका अलवा नेपाली दुतावासले सविनाको खोजिका लागि ईन्टरपोललाई खबर गरेता पनि उनको अवस्थाबारे कुनै जानकारी उपलब्ध हुन सकेको छैन ।

हाल सम्म पनि सविनाको बारेमा कुनै जानकारी बाहिर नआउनु गम्भिर षड्यन्त्र हुन सक्ने सविनाकी दिदी विनाले बताएकी छिन । साथै उनले जापानी वासी नेपालीलाई एकजुट भएर उनको खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेकि छिन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?