नेपालको औद्योगिक विकास र सम्भावनाको विषयमा जापानमा अन्तरक्रिया हुँदै

 

जापान । जापान सरकारको निमन्त्रणामा “ Industrial management training“ को दुई हप्ते कार्यक्रमको लागि चितवन उद्योग संघका पदाधिकारीहरु जापान भ्रमणमा आएका छन् ।

नेपालको समग्र विकासमा चितवन उद्योग संघको भूमिका र भावि औधोगिक रणनीति सम्बन्धि विषयमा भ्रमण टोलिको उपस्थितिमा चितवन समाज, जापानले टोकियो र नागोयामा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा चितवन समाज संग आबद्द भएका केन्द्रिय तथा क्षेत्रीय समितिका पदाधिकारी, सल्लाहकारहरुलाई सहभागी हुन चितवन समाज जापानले अनुरोध समेत गरेको छ ।

साथै समाजले जापानमा रहेका सबै चितवनबासी दाजुभाई दिदीबहिनीहरु ,बाहिरी जिल्लाबाट चितवनमा आई व्यापार, उद्दोगधन्दा सन्चालन गर्ने र भाबी दिनहरुमा चितवनमा व्यापार, व्यावसाय उद्दोग कलकारखानामा लगानी प्रबर्द्धन गर्न ईच्छुक सम्पूर्णलाई अन्तर्क्रिया कार्यक्रममा सहभागीताको लागि अपिल गरेको छ  ।

अन्तरक्रिया हुने स्थान, मिति र समय

टोकियो

मिती :२०१७ जनवरी २२, आईतवार

समय : दिउसो १२:०० बजे

स्थान : शिन ओकुबो स्टेशन,टोकियो रोधी घर

सम्पर्क व्यक्ति:

राजन कुमार श्रेष्ठ- ०८० ४१६५ ४२७६

हरि चन्द्र पौडेल-०८० ४००९ ८२६३

अरुण कुमार श्रेष्ठ :०९०९८५५५१११ / ०८०४६८०५१११

बासुदेव लामिछाने : ०९०-८४०४२००९

 

नागोया

मिती : २०१७ जनवरी २१ शनिबार

समय : साँझ ६:०० बजे

स्थान :- ओज़ोने इस्टेसन नजीकको सपना रेष्टुरेन्ट, ओजोन

सम्पर्क ब्यक्ति :

डिलराम खरेल

डा: सुदीप अधिकारी

बिमल अधिकारी

सन्देश पोख्रेल

रामु खरेल

सरोज कंडेल

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?