एलेनको टिप्पणी पश्चात जापानी मुद्राकाे काराेबारमा गिरावट

जापान । अमेरिकी फेडरल रिजर्वकी अध्यक्ष जेनेट एलेनले अमेरिकी अर्थव्यवस्थामा सुधार ल्याउने उदेश्यले व्याजदरमा वृद्धि गर्ने घोषणा गरे पश्चात टोकियोको विदेशी मुद्रा विनिमय दरमा फेरबदल आएको छ ।

एलेनले व्याजदर बढाउने घाेषणा गरेसंगै जापानमा येन विक्री गरि डलर खरिद गर्ने लगानीकर्ताकाे संख्यामा वृद्वि भैरहेकाे छ ।

जापानी मुद्रा विहीबार प्रति डलर ११४.८ येन मा कारोबार भएको थियो ,जुन अघिल्लो दिनको भन्दा १.५ येन कम हो ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको अनिश्चित आर्थिक योजनाका बावजुद केहि लगानीकर्ताले अमेरिकी अर्थव्यस्थाको ठोस आधारमाथि विश्वास राख्दै दिर्घकालिन रुपमा व्याजदरको वृद्धि हुने आशा राखेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?