जापानमा रहेका परिवार भेट्न आएका नन्दरामको निधन

टोकियो। नेपालबाट ८ दिन अघिमात्र जापान आएका नन्दराम सापकोटाको निधन भएको छ । जापानमा रहेका छोराहरुलाई भेट्न आएका वागलुङ जिल्लाका सापकोटा विहान ८ः३० बजेतिर घरपरिवारसँग कुराकानी गरी छोरावुहारी काममा र नातीहरू स्कुल गएपश्चात १० बजेतिर वेहोस भएका थिए ।

बेहोस भएर लडेका सापकोटाको १०:३० बजे उच्च रक्तचापका कारण मृत्यु भएको जापान स्थित प्रहरी र अस्पतालले बताएको छ । अस्पतालको रिपोर्ट आएपछि मात्र सापकोटाको शव अन्य प्रक्रिया अघि बढाईने बताईएको छ । सापकोटाको शव अहिले नागोया स्थित घरमा नै राखिएको छ । चार छोराबुहारी र ज्वाँई जापानमा नै रहेका ७१ वर्षीय सापकोटानागोया फुसोमा रहेको जेठो छोराको निवासमा बस्दै अाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?