जापानी सम्राटको पद त्यागबारे संसदमा छलफल

जापान । सम्राट अकिहोतोको सम्भावित पद त्याग सम्बन्धी कानुन निर्माणका लागि बिहीबार जापानको संसदमा छलफल भएको छ ।


सम्राटको पद त्यागबारे कानुनी बाधा अड्चन फुकाउनेबारे सत्तारुढ र विपक्षी दलका सांसदहरुका बीच संसदमा गम्भिर छलफल भएको हो ।

संसदका सभामुख तथा उपसभामुखसँग यो विषयमा छलफल भएको हो । यो मामलामा एकमत बनाएर अघि बढ्न पनि सत्तापक्ष र विपक्षी सहमत भएका छन् ।

८३ वर्षीय सम्राटले जनताको इच्छाका आधारमा आफुले कदम चाल्ने बताइरहेका बेला सांसदहरुका बीच छलफल भएको हो ।

संसदले यो विषयमा सर्बसहमत निर्णय गरि मार्च भित्रमा सबै जानकारी बाहिर ल्याउने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?