नेपाल जनसम्पर्क समितिको विशेष भेलामा सहभागी हुन कांग्रेस नेता पाण्डे जापानमा

जापान । नेपाल जनसम्पर्क समिति जापानको विशेष भेला तथा घोषणा सभामा भाग लिन नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा युवा नेता सुरेन्द्र पाण्डे जापान आईपुगेका छन् ।नेपाल जनसम्पर्क समिति नेपाली कांग्रेसको प्रवासको संगठन हो ।

 

पाण्डेलाई स्वागत गर्न नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य चिरन्जिवी थापा, जनसम्पर्क समिति जापानका निवर्तमान महामन्त्री तथा महाधिवेशन प्रतिनिधि राजेन्द्र जमरकट्टेल, जनसम्पर्क समिति जापानका सभापति डि.पी कंडेल लगायत कांग्रेसका कार्यकर्ताहरु हानेदा एयरपोर्टमा पुगेका थिए ।

नेपाली जनसम्पर्क समिति जापानको २१ तारीख हुने भेलालाई सम्वोधन गर्न पाण्डे जापान पुगेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?