आवेद्वारा भियतनामको विकासमा सहयोग पुर्याउने प्रतिज्ञा

जापान । दक्षिणपूर्वी एशिया र अष्ट्रेलियाको ६ दिने भ्रमणका क्रममा मंगलबार भियतनाम पुगेका जापानका प्रधानमन्त्री शिन्जो आवेले समग्र भियतनामको विकासका लागि भियतनामका निजी तथा सरकारी क्षेत्रलाई सहयोग गर्ने बताएका छन ।

भियतनामको राजधानी हानोईमा आयोजित जापान र भियतनामका व्यापारीक नेताहरुको एक वैठकमा उनले यस्तो बताएका हुन ।

भियतनामका प्रधानमन्त्री गुयेन छुवान फुक तथा आवे विचको भेटवार्तामा दुवै देश विच व्यापार तथा लगानी विस्तारका लागि सहमति भएको छ।

भेटमा आवेले दक्षिण पुर्व एशियाली राष्ट्र संघसंगको सहकार्यको बारे बताउदै यसको केन्द्रको रुपमा भियतनाम रहने जानकारि दिएका छन ।

आवेले फुक समक्ष जापानी कम्पनी संगको सहकार्यमा काम गरेमा उच्च स्तरको ज्ञान तथा विशेषज्ञतामा काम सम्पादन हुने बताएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?