लक्ष्मीलार्इ जापान घुमाउन लैजाने सपना बुन्दै दिपीन शाहानी’छेपाराे'(भिडियाे सहित)

जापान । प्रेमि-प्रेमिकाको फरक रहर र प्रेम प्रसंगलाई जोड्दै आर.एस.डिजिटलको प्रस्तुतीमा पछिल्लो समय बजारमा आएको ‘बाग्लुङ घुम्न जाउला’ बोलको रोइला दोहोरीले पीरतीमा जेलिदै गरेका दुई प्रेमिको रहरलाई व्यक्त गरेको छ ।

दिपीन शाहानी ‘छेपारो’ तथा लक्ष्मी मल्लको सुमधुर स्वरमा सजिएको यस गीतमा नेपालमोह र विदेशमोहको भाव समेटिएको छ ।

आफ्नै वाग्लुङ प्यारो मान्ने लक्ष्मीलाई जापान घुमाउने सपना बोकेका छेपारोलाई जापान नै प्यारो लागेको छ भने लक्ष्मीले वाग्लुङको सुन्दर तथा मनोरम प्राकृतिक सुन्दरताको बयान गर्दै  दिपीन शाहानी ‘छेपारो’लाई वाग्लुङ घुम्न लैजाने शुर कसेकि छिन ।

भर्खरै माया प्रेममा परेका जोडीले मन परेको मान्छेलाई संगै लिएर जाने ईच्छा व्यक्त गरिएको यस गीतमा रमेश र करिश्माको अभिनय रहेको छ ।

गीतको सृजना दिपीन शाहानी ‘छेपारो’ले गरेका हुन भने भिडियो निर्देशन बब्बु थापाले गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?