२२ वर्ष पछाडी कोबेका भूकम्प पीडितलाई सम्झदै जापान

जापान । सन १९४५ जनवरि १७ मा जापानको कोवे शहरमा आएको शक्तिशाली भूकम्पमा परि ज्यान गुमाएका नागरिकको सम्झना स्वरुप जापानले एक सभाको आयोजना गरि मृत आत्माको चिर शान्तिको कामना गरेको छ ।

करिब २२ वर्ष अगाडी जापानको पश्चिमी शहर कोवेमा आएको शक्तिशाली भूकम्पमा परि ६ हजार ४ सय ४३ मानिसको मृत्यु भएको थियो भने हजारौं मानिस घाईते भएका थिए ।

मृत्यु भएका नागरिकको सम्झनामा आयोजित सभामा भूकम्पमा ज्यान गुमाएकाका आफन्त तथा भूकम्पमा परि बाँच्न सफल भएका नागरिकको सहभागिता रहेको थियो ।

कोवे शोक स्मारक पार्कमा आयोजित शोक सभामा भूकम्प आएको समय अर्थात विहान ५:४६ मा मृत आत्मालाई सम्झदै  मौन धारण गरिएको थियो ।

साे  सभामा मृत्यु भएका नागरिककाे सम्झना स्वरूप ७ हजार द्धिप प्रज्वलित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?