टोकियोस्थित सामुद्रीक तटमा ह्वेलको अवैध शिकार गरिरहेको पानीजहाज पक्राउ

जापान । एक जापानी पानी जहाज अन्तर्राष्ट्रिय अदालतको फैसला विपरित टोकियोस्थित सामुद्रीक तटमा ह्वेलको शिकार गरिरहेका बेला पक्राउ परेको छ ।

जहाजमा रहेका उक्त समुहका सदस्यहरुलाई पनि प्हरीले नियन्त्रणमा लिएको छ । ह्वेल संरक्षणवादी संगठनले बिहीबार उक्त घटना भएको पुष्टि गरेको छ ।

उक्त संगठनका अनुसार शिकारीहरुले ह्वेल मारेको तस्विर बाहिर आएपछि प्रहरी लगाएर उनीहरुलाई पक्राउ गरिएको हो ।

१८ नोभेम्बरदेखि लुकी छिपी ह्वेल मार्नेहरुको गिरोह सल्बलाइरहेका बेलामा जापान प्रहरीलाई यो सफलता मिलेको हो । अष्ट्रेलियादेखि ह्वेल शिकार गर्न शिकारीहरु आउने गरेको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?