यी हुन विदेशी पर्यटककाे राेजार्इमा पर्ने जापानका उत्कृष्ट पर्यटकिय स्थलहरू

जापान । जापान पर्यटकिय सम्भावना बोकेको विश्वकै सुन्दर देश हो । जापानका परम्परागत तथा आधुनिक मन्दिर,भवन ,प्राकृतिक सुन्दरताले भरिपुर्ण स्थल तथा जापानी वास्तुकला एवम प्रविधि पर्यटकलाई आकर्षित गर्ने तत्वहरु हुन् । जापान भ्रमणमा आउने पर्यटकले भ्रमणकाे राेजार्इमा पार्ने जापानका प्रख्यात पर्यटकीय स्थलहरू;

१०. हिरोशिमा शान्ति स्मारक केन्द्र

जापान भ्रमणमा आउने विदेशी नागरिहरुले भ्रमणको रोजाईमा पार्ने स्थान मध्ये एक हो हिरोसिमा शान्ति स्मारक केन्द्र। हिरोशिमा शान्ति स्मारक केन्द्रमा दोस्रो विश्व युद्ध अर्थात सन १९४५ अगस्ट ६ का दिन अमेरिकी परमाणु बमको हमलाका कारण क्षतिग्रस्त भएको हिरोशिमाका सम्झनाहरु राखिएका छन । स्मारक केन्द्रमा अवस्थित विश्व युद्धसंग जोडिएका वस्तुहरुले मानव जिवन तथा युद्ध पिडीतको ईमान्दारितालाई प्रस्फुटन गरेको छ ।

९.जिगोकुडानी मन्कि पार्क
जिगोकुडानी मन्की पार्क जापानको प्रख्यात पर्यटकिय स्थल मध्य एक हो । नागानो नजिकै रहेको यस पार्कमा बाक्लो संख्यामा हिम बाँदरहरु रहेका छन् । अति कम तापमान रहेको सो पार्क प्राय हिँउले ढाकिएर रहेको हुन्छ ।

८.कियोमिज्यु डेरा
पश्चिमी क्योटो स्थित कियोमिज्यु डेरामा वर्षेनी लाखौं विदेशी पर्यटकको भिड लाग्ने गर्दछ । ७ सय ९८ वर्षे पुरानो यस बौद्ध मन्दिर प्राकृतिक सुन्दरता तथा कलात्मक संरचनाले भरिएको छ । यस मन्दिरमा पर्यटकहरु तथा बौद्धधर्मालम्बीको भिड लाग्ने गर्दछ ।

७. हिमेजी महल
जापानमा रहेका विभिन्न महलहरुमध्ये जापानी वास्तुकलाकाे कलात्मक प्रयोग गरिएको महल हो हिमेजी महल । शामन्ती शासनको विरोधमा निर्माण गरिएको यस महललाई धेरै पटक पुन निर्माण गरिएको छ । द्धितीय विश्व युद्धको बमबारीमा पनि बचेको हिमेजी महलको बारेमा विभिन्न फिल्महरु बनाइएका छन् । यसको बाहिरी सतहमा लगाएको सेतो रङ तथा उडिरहेको चराको आकृतिका कारण यस महल ‘ह्वाट ईग्रेट क्यास्टल’को उपनामले प्रख्यात छ ।

६. कामाकुराको वुद्धको मुर्ति
विदेशी पर्यटककाे राेजार्इमा पर्ने विभिन्न क्षेत्रमध्ये जापानकाे कामाकुरास्थित एमीदा बुद्धकाे मुर्ति  पनि एक  हो । करिब ९३ टन तौल  भएको साे मुर्ति  ४० फिट अग्लो  छ ।

५.टोडाईजी मन्दिर
जापानको नारासिथत डोनाईजी मन्दिर विश्वकै विशाल काष्ठ निर्मित भवन हो । सो मन्दिर भित्र पित्तलबाट बनेको वृहत वुद्धको मुर्ति रहेको छ । विभिन्न जङ्गली जनावर तथा पशुपंक्षी एवम बगैंचाले घेरिएको यस क्षेत्रमा विदेशी पर्यटकको घुईचो लाग्ने गर्दछ ।

४.टोकियो टावर
जापानको टोकियो स्थित टोकियो टावर प्रविधि र आधुनिक जीवनको प्रगति देखाउने एक कलात्मक संरचना हो । ईफेल टावरको डिजाइनबाट प्रेरित यस टावर जापानको सबैभन्दा अग्लो मानव निर्मित संरचना हो । जापान भ्रमणमा आएका विदेशी नागरिकहरु यस टावरमा चढि टोकियोको दृश्य अवलोकन गर्ने गर्दछन ।

३. टोक्यो इम्पेरियल महल
जापानी सम्राटको महल टोकियो इम्पेरियल महल जापानी कला तथा ऐतिहासिक महत्व दर्शाउने जापानी संरचना हो । आगो तथा युद्धका कारण क्षतिग्रस्त भएका प्राचिन महल तथा वास्तुकलाको प्रयोग गरिएको राज महल विदेशी पर्यटकको ध्यानआकर्षित गर्ने जापानी धरोहर बनेको छ ।यसका अलवा आधुनिक महल बगैंचा तथा पाहुनाको स्वागतका लागि तयार पारिएको कोठाका कारण निक्कै चर्चित छ ।

२. माउन्ट फुजी
माउन्ट फुजी जापानको सबैभन्दा अग्लो हिम पर्वत हो । ३ हजार ७ सय ७६ मिटर अग्लो यस हिमालमा वर्षेनि दुई लाख मानिस भ्रमण लागि आउने गर्दछन । विदेशी पर्यटक,फोटोग्राफर तथा पर्वतारोहीको विशेष रोजाईमा पर्ने यस क्षेत्र जापानको प्रख्यात पर्यटकिय स्थल हो ।

१. गोल्डेन प्याभिलियन
किनकाकु अर्थात स्वर्ण मन्दिर जापान तथा टोकियोको सबैभन्दा प्रख्यात पर्यटकिय स्थल हो । शोगुन आशिकागा योशिमिट्शुको सम्झनामा चाधौं सताव्दीमा निर्माण गरिएको यस स्वर्ण मन्दिर सन १९५० मा आगलागीको कारण क्षतिग्रस्त बनेको थियो । त्यस्को पाँच वर्ष पछाडी पुन सोही ढाँचामा सुनबाट निर्माण गरिएको यस मन्दिर पोखरी तथा बगैंचाले घेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?