पृथ्वीको केन्द्रिय भागको रहस्य पत्ता लगाउँदै जापानी वैज्ञानिकहरु

जापान । पृथ्वीको सबैभन्दा भित्री कोरमा सिलिकन नामको तत्व रहेको हुनसक्ने आशंका जापानी वैज्ञानिकहरुले गरेका छन् ।

पृथ्वीको केन्द्र भागमा ८५ % आईरन, १०% निकेल,सल्फर, अक्सिजन र सिलिकन लगायत अन्य ५ % तत्वहरु मिसिएर रहेको मान्यता रहेको थियो ।

उत्तरी जापानमा रहेको तोहोकु विश्वविद्यालयका भुगर्वशाष्त्री ईजी ओहाटानीको नेतृत्वमा रहेको अनुसन्धान टिमले पृथ्वीको केन्द्रमा सिलिकन रहेको अनुमान निकालेका हुन् ।

ओहाटानीको टिमले आईरन निकेल मिश्रीत लेदो पदार्थलाई ल्यावमा उच्च तापक्रम र चाप प्रदान गरिएको परिक्षण मार्फत उनीहरुले पृथ्वीको केन्द्रिय भागमा सिलिकन नै हुन सक्ने आशंका सहितको रिपोर्ट तयार गरेका हुन्छ ।

त्यो लेदो पदार्थमा परिक्षण गर्दा एक्स रे मार्फत प्राप्त ध्वनिको वेग, सिस्मिक वेभ लगायतका आंकडा बाट ओहाटानीको टिमले त्यस्तो निष्कर्ष निकालेको थियो ।

“ हामीले गरेको पछिल्लो अनुसन्धान मार्फत पृथ्वीमा बाँकि रहेको ५ प्रतिशत तत्वहरु अरु केहि नभएर सिलिकन नै हुनुपर्छ ”- ओहाटानीले बताए ।

तर केन्द्रिय भागमा सिलिकन नै रहेको भन्ने कुरा पुष्टि गर्न धेरै काम बाँकी रहेको ओहाटानीले बताएका छन् । तर केहि वैज्ञानिकहरुले यदि पृथ्वीको केन्द्रीय भागमा सिलिकन रहेको कुरा पुष्टि भयो भने पृथ्वीको सृष्टि हुँदा त्यहाँ अक्सिजनको मात्रा अत्याधिक रहेको कुरा पुष्टि हुने बताएका छन् ।

किनकि पृथ्वी पत्ता लाग्दा त्यसको केन्द्रिय भागमा के रहेको थियो पुष्टि भएको थिएन । तर वैज्ञानिकहरुको आशंका तर्फ इंगित गर्दै ओहोटानी भन्छन् – मेरो विचारमा अहिले पृथ्वीको केन्द्र भागमा अक्सिजन छैन । किनकि अक्सिजन र सिलिकन एकै स्थानमा रहन धेरै नै मुस्किल हुने उनले बताएका छन् ।

पृथ्वीको सबैभन्दा माथिल्लो तहमा मानिस लगायत सजीव निर्जीव वस्तुहरु रहेका छन् भने त्यसभन्दा विचको तहमा सेमी सोलिड कन्डक्टर सहित  तातो म्याग्मा मिश्रित तत्वहरु र केन्द्रिय भागमा कोर रहेको अनुमान गरिदै आएको छ ।

ओहोटानीले आफु सहितको टिमले गरेको त्यो रिसर्च पेपरलाई सनफ्रान्सिस्कोमा रहेको अमेरिकन भुगर्व विभाग तथा अनुसन्धान विभागमा प्रस्तुत गरिसकेको बताईएको छ  ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?