जापानी कम्पनी ताकाताका तिन पूर्व कार्यकारी अधिकारीमाथि घोटालाकाे अाराेप

जापान । अमेरिकी न्याय मन्त्रालयले गाडीको पार्ट पुर्जा निर्माण गर्ने जापानी कम्पनी ताकाताका तिन पुर्व कार्यकारी अधिकारीलाई घोटाला तथा षड्यन्त्रको अभियोग लगाएको छ ।

अमेरिकी न्याय मन्त्रालयले कम्पनीद्धार निर्मीत एयर व्यागको अपराधीक छानबिन पश्चात सो अभियोग लगाएको हो ।

तिन आरोपीमाथि वाहन निर्माता कम्पनीलाई खराब एयर व्याग किन्नको लागि राजि बनाउन झुठो रिपोर्ट बनाएको आरोप लागेको छ ।

साथै अमेरिकी मन्त्रालयले ताकाताले सो विषयलाई टुङ्गो लगाउन एक अरब डलर दिन तयार भएको खुलासा गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?