जापान । बाँदरले आफूले गर्ने कामलाई पूरा गर्न आवश्यक पर्ने रणनीति तय गर्न आफ्नो स्मरणको प्रयोग गर्ने एक अनुसन्धनले देखाएको छ ।
जापानको जुनिटेन्डो विश्वविद्यालयका अनुसन्धान कर्ताले टोकियोमा गरेको एक अनुसन्धानमा मानिसमा जस्तै बादरले पनि कुनै काम गर्न आफ्नो स्मरण शक्तिको प्रयो गर्ने तथ्य पत्ता लागेको हो ।
बादरलाई देखाइएको एउटा ग्राफिक्स र त्यसलाई पछि देखाउदा उनीहरुले स्मरण गरेको अनुसन्धान गरिएको थियो ।
बादरलाई दिइएको अन्य स्मरणसँग सम्बन्धित काम पनि राम्रोसँग गरेका कारण उनीहरुले आफ्नो विवेक प्रयोग गर्ने पत्ता लागेको जनाइएको छ ।
जापानीज अनुसन्धानकर्ताहरुले यो अनुसन्धाले आगमी दिनमा दिइने शिक्षामा सहयोग पु¥याउने बताएका छन्