गोल्ड मेडल जित्ने आशामा जापान अाउँदै विश्वास

जापान । पोखराका विश्वास पोखरेल जापानको ओनिकावामा जनवरि २१ र २२ मा आयोजना हुने वल्ड च्याम्पियनसिपमा भाग लिनका लागि प्रशिक्षणरत छन् ।

कलिलै उमेर देखि फुलकन्ट्याक कराँतेमा सहभागी हुँदै आएका विश्वास जापानमा आयोजना हुने वल्ड च्याम्पियनसिपमा खुला तौल समूह अन्तर्गत नेपालबाट प्रतिनिधित्व गर्दै छन् । उक्त खेलमा विश्वभरिका ६४ खेलाडीहरु सहभागी हुँदै छन् ।

पोखराका विश्वविद्यालयमा एम. वि .ए अध्ययनरत पोखरा लेकसाइडका विश्वास हाल पोखराको रंगशाला स्थित नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेका संस्थापक श्री शिव गुरुङसँग टेक्निकल प्रशिक्षणमा छन् ।

विश्वास नेपाल स्ट्रोङगेष्ट क्योकुशिन कराँतेको ब्ल्याक बेल्ट सेकेण्ड डान हुन् ।

प्रशिक्षक शिव गुरुङले राज्यका सम्पतीका रुपमा लिनु पर्ने खेलाडीहरुलाई सरकारले बेवास्ता गरेता पनि नेपाललाई मेडल दिलाएरै छाड्ने संकल्पका साथ कडा मेहनत र प्रशिक्षण गरिरहेको बताएका छन् ।

साथै उनले विश्वास जस्ता खेलाडीहरु भित्र रहेको क्षमतालाई निखार्न सकियो भने नेपालले खेल क्षेत्रमा फड्को मार्ने  बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?