सामुदायिक पुस्तकालयको निर्माणनार्थ लम्सालद्वारा संकलित रकम हस्तान्तरण

जापान । नेपालबाट अध्ययनकाे शिलशिलामा जापान आएका सोम लम्सालद्धारा संचालित अभियानले सिन्धुपाल्चोक भोटसिपा स्थित ईन्द्रावती सामुदायिक पुस्तकालयको निर्माणनार्थ  पुस्तकालय व्यवस्थापन समितिलाई पहिलो चरणमा एक एकलाख पन्ध्र हज़ार रूपैयाँ हस्तान्तरण गरेको छ ।

पुस्तकालयको निर्माणनार्थ लम्सालले २ हप्ता सम्म एक अभियान संचालन गरि जापानवासी नेपालीहरुद्धारा रकम संकलन गरेका थिए ।

उनको सो अभियानमा जापानवाशी नेपालीको उत्साहजनक सहभागिता रहेको थियो ।

अभियान्ता लम्सालले संकलित रकमको हस्तान्तरणको क्रममा अभियानमा सहभागी भएका सम्पुर्ण सहयोगी दातालाई धन्यवाद दिदै आगामी दिनमा यस्तै समाजिक काममा सहभागी भई आफ्नो हौशला बढाईदिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?