एउटा कागजको टुक्राको लागि जापानमा ९ हजार मान्छे यसरी नांगिन्छन् (भिडियो सहित)

जापान । के तपाई वर्ष भरि आफुलाई खुसि र भाग्यमानी देख्न चाहानुहुन्छ ? त्यस्तो चाहानुहुन्छ भने हरेक फुव्रुवरी महिनाको मध्य तिर ९००० जापानीहरु संगै नांगै भेला भएर विशेष चिसो कपडाको लागि तपाईले पनि संघर्ष गर्नुपर्ने हुन्छ ।

फेव्रुअरी महिनाको तेस्रो हप्तामा जापानको सहर ओकायामामा ९ हजार भन्दा बढी जापानी युवाहरु नाग्नै भेला भएर जापानको साईदाई जी मन्दिर जान्छन् ।

जसलाई नाङ्गिने चाड पनि भनिन्छ जसलाई हाडका मत्सुरी पनि भनिन्छ । हाडका मत्सुरी जापानमा पछिल्लो ५०० वर्ष देखि मनाईरहेका छन् ।

जब नांगै भेला भएका धर्मावलम्बीहरुको आस्थाले मन्दिरका पण्डित जसलाई जापानमा गो.. भनिन्छ  प्रभावित भएर एउटा कागजको टुक्रा दिन्छन् ।

पण्डितबाट प्राप्त कागजको टुक्रोले मानिसहरुलाई वर्ष भरि सुख र समृद्दी मिल्ने विश्वास गरिन्छ । पहिलो पटक मन्दिरमा भेला भएका धर्मावलम्बीहरुलाई चिसो पानीले नुहाईदिएर पवित्र बनाईन्छ ।

त्यसपछि मध्यरातमा हलमा भेला भएका हजारौ मानिसहरुलाई हलको बत्ति निभाएर २० सेन्टिमिटर लामो कागज भिडमा फ्याक्छन् ।

जसको शरीरमा त्यो कागजको टुक्रा लाग्छ त्यो मानिसहरुलाई विजेता घोषित गरि वर्ष भरिको लागि खुसि र समृद्दी लागि आशिष दिने गरिन्छ ।

थप भिडियोमा हेर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?