यी हुन् जापानकै सर्वाधिक उमेरका फुटबलर, अझै खेल्दैछन् व्यावसायीक फुटबल

जापान । जापानका भेट्रान स्ट्राइकर काजुयोशी मिउराको उमेर ५० वर्ष पुग्यो । तर, उनी अहिले पनि १८ वर्षे जोश र जाँगरका साथ फुटबल खेलीरहेका छन् र यो उमेरमा पनि व्यावसायिक फुटबल खेल्ने भएका छन् ।

स्ट्राइकर काजुयोशीले जापानको बी डिभिजनको क्लब योकोहामासँग नयाँ सम्झौता गरेका छन् । त्यसो त काजुयोशीले अन्तर्राष्ट्रिय फुटबलबाट १७ वर्ष अघि नै सन्यास लिइसकेका थिए ।

उनी त्यसपछि पनि निरन्तर रुपमा क्लब फुटबल खेल्दै आएका छन् । काजुयोशी जापानको घरेलु लिगमा गोल गर्ने बसैभन्दा बढी उमेरका खेलाडी पनि हुन् ।
उनले गएको सिजन ४९ वर्षको उमेरमा गोल गर्दै बढी उमेरमा गोल गर्ने कीर्तिमान बनाएका थिए । काजुयोशी आउँदो फेब्रुअरी २६ मा ५० वर्ष लाग्ने छन् । त्यही बेला जापानको घरेलु लिगको नयाँ सिजन सुरु हुनेछ ।

उनले युरोपको क्लबबाट पनि व्यावसायीक खेलेका छन् । उनले जापानको राष्ट्रिय टिमबाट ८९ खेलमा ५५ गोल गरेका छन् । उनले सन् १९८६ मा जापानको क्लब सान्तोसबाट व्यावसायिक खेल जीवन सुरु गरेका हुन् ।

त्यसपछि सन् १९९० को दशकमा उनी गिनोए र डाइनामो जाग्रेबबाट खेले ।
उनी सन् २००५ मा ३८ वर्षको उमेरमा योकोहामा आएका हुन् । उनले अहिलेसम्म ३२ सिजन व्यावसायिक फुटबल खेलिसकेका छन् । काजुयोशीले योकोहामासँग एक वर्षको नयाँ सम्झौता गरेका हुन् ।

उनले आफु अझै केही वर्ष व्यावसायीक फुटबलमै रमाउन चाहेको बताउने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?