योकोहामामा वेवारिसे अवस्थामा भेटिएका सिलवालको नेपालीद्वारा उद्वार

टोकियो । जापानको योकोहामा स्थित चुरूमीमा वेवारिसे अवस्थामा रहेका एक नेपालीको उद्वार गरिएको छ । विगत ४ वर्ष देखि इसिखावा केनमा बस्दै आएका चितवन पिप्ले घर भएका ३९ वर्षीय राम चन्द्र सिलवाललाई उद्वार गरिएको हो ।

चुरूमी पार्कमा वेवारिसे अवस्थामा फेला परेका होमलेस सिलवाललाई प्रहरीले उद्वार गरी अस्पताल पुर्याएको प्रहरीले जनाएको छ ।

प्रहरीले उद्वारका लागि नेपाली राजदूतावासमा सम्पर्क गरेका थिए । राजदूतावासले गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सूदन थापालाई जानकारी गराएपछि प्रवासी नेपाली मञ्च (ओएनएफ) जापानका अध्यक्ष महेन्द्र श्रेष्ठ र योकोहामा नेपाली ग्रूपका संयोजक हरी सापकोटाको नेतृत्वमा राजेन्द्र श्रेष्ठ, पत्रकार शान्त पहरी र व्यवसायी बाबुराम भण्डारी चुरूमीमा रहेको प्रहरी चौकी पुगेका थिए ।

दर्शन रेष्टुरेण्टमा कुक भिसामा जापान आएका सिलवाल जापान प्रवेश अघि शिक्षण पेशामा आवद्व थिए ।

सिलवाललाई एनआरएनए जापान, चितवन समाजको सहयोगमा एक दिन होटलमा राखी नेपाल फिर्ता पठाउने व्यवस्था गरिएको योकोहामा ग्रुपका संयोजक सापकोटाले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?